Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

हजारौं मुल्य बराबरका गुणस्तरहीन वस्तु नष्ट

 

दशै तिहार नजिकिएसँग हुम्लाको ताजाँकोट गाउँपालिकाले बजार अनुगमनलाई तीव्रता दिइएको छ । गाउँपालिका केन्द नजिकैको छप्रेला बजारबाट गुणस्तरहीन वस्तु जफत गरी नष्ट गरेको हो ।


वाणिाज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको परिपत्र अनुसार बजार अनुगमन गरेको ताजाँकोट गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत धनराज ढकालले जानकारी दिनुभयो ।


कार्यबाहक अध्यक्ष अजबिर खत्री, छप्रेला प्रहरी चौकीका इन्चार्ज चन्द्रसिह भण्डारी लगायतको टोलीले संयुक्त बजार अनुगमन गरेको निमित्त प्रमुख प्रशासकिय अधिकृत ढकालले बताउनुभयो ।


गुणस्तरहीन पेयपर्दथ फ्यान्टा, फ्रुटी, र चिउरा, भुजा, मसला, बिस्कुट, चियालगायत ८०/८५ हजार बराबरको गुणस्तरहीन वस्तु नष्ट गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालको भनाई छ ।


छपेला बजारपछि बाजुरा र हुम्लाको सिमाना रहेको कवाडी बजारमा समेत अनुगमन गर्न तयारी रहेको गाउँपालिकाले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom