Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सवारी साधन चेकजाँच गर्ने क्रममा पोखराबाट लागू औषध सहित ४ जना पक्राउ - Brighter khabar


पोखरा , आश्विन ३० गते । पोखराबाट  लागू औषध सहित ४ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर ९ पृथ्वी चोक स्थित सवारी साधन चेकजाँच गर्ने क्रममा  पोखराबाट भैरहवा छुट्न लागेको बसबाट ४ जनलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बस  चालक गोरखा शहीद लखन गाउँपालिका  वडा नं. ३ स्थायी घर भई हाल पोखरा -१५ रामबजार  बस्ने वर्ष ३५ का हिरा बहादुर नेपाली, बसका  सह-चालक स्याङ्जा पुतली बजार न.पा. वडा नं. ५ नयाँ बजार बस्ने वर्ष ३८ का विशाल कार्की, सह-चालक जिल्ला स्याङ्जा अर्जुन चौपारी गाउँपालिका  वडा नं. ३ बस्ने  टिकाराम पौडेल र  सह-चालक  म्याग्दीको अन्नपूर्ण - १ स्थायी घर भई हाल  पोखरा -९ पृथ्वी चोक बस्ने वर्ष ३७ का दीपक परियार रहेको प्र.ना.उ. श्रवण कुमार वि.क.ले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार  प्रदेश १-०१००१ ख ३४३९ नम्बरको बसमा ड्राइभर बस्ने सिट अगाडी झोलामा लुकाई छिपाई राखेको लागू औषध एमफेटामाईन (आइस) जस्तो देखिने पदार्थ तत्काल तौल गर्दा ३७.५० ग्राम लागू औषध फेला पारेको हो ।

बस सहित नियन्त्रणमा लिई उनीहरूलाई सम्मानित कास्की जिल्ला अदालतबाट अनुमति लिई लागू औषध सम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडी बढाइएको जनाइएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom