Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

दसैँ मनाउन गाउँ गएकाहरु फर्कन थालेपछी सवारीसाधनमा यात्रुको चाप उच्च - Brighter khabar

स्याङ्जाबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस 

कात्तिक १० गते । दसैँ मनाउन गाउँ गएकाहरु फर्कन थालेपछी सवारीसाधनमा भिड देखिन थालेको छ ।

स्याङ्जाका विभिन्न ग्रामीण स्थानबाट पोखरा, बुटवल र काठमाडौँ सँगै अन्य स्थान फर्कने यात्रुहरु यतिबेला बसको बिचको गल्लिमै उभिएर यात्रा गर्न बाध्य छन । 

ग्रामीण भेगबाट छुट्ने सवारी साधनको संख्या यथावत हुनु र गाउँबाट फर्कने यात्रुहरुको संख्या बढी हुँदा यात्रुहरू जोखिम मोल्न बाध्य छन्

त्यस्तै  काठमाडौँ उपत्यका बाहिर जानेहरू फर्कन थालेपछि काठमाडौँ भित्रिने नाकामा समेत भीड देखिन थालेको छ ।

 आज उपत्यका भित्रिने नाकामा सवारीसाधनको चाप बढेपछि ट्राफिक व्यवस्थापनका लागि प्रहरी नै खटाउनुपर्ने अवस्था आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलको भनाइ छ ।

नागढुङ्गा, साँगा नाकामा सवारी साधनको लामो लाइन लागेको छ । नाकामा थप प्रहरी टोली परिचालन गरी व्यवस्थापन गर्न लागिएको उहाँको भनाइ छ । 

दसैँको नवमी र दशमीका दिन काठमाडौँ उपत्यकामा यातायात शून्य जस्तै बनेका थिए । नाकामा सवारी साधनको चाप बढेसँगै उच्च सतर्कता अपनाइएको प्रहरीले जनाएको छ । 

यसवर्ष दसैँको अवसरमा उपत्यकाबाट १६ लाखभन्दा बढी मानिस बाहिरिएका थिए । उनीहरू टीकाको भोलिपल्टदेखि फर्कन थालेकाले भीड देखिएको हो । 

उपत्यकाभित्र चल्ने सवारीसमेत बाहिरी जिल्लातर्फ यात्रु ओसार्न गएकाले उपत्यकामा चल्ने सार्वजनिक सवारी केही कमी हुँदा यात्रुलाई आवतजावतमा केही असहज भएको देखिएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom