Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरादेखि दुई छोराछोरीकी आमा छोरीसहित सम्पर्क विहीन , खोजी कार्य गरिदिन श्रीमानको आग्रह - Brighter Khabar


पोखरा,
घर छोडेर हिँडेकी श्रीमती नफर्किएपछि खोजी कार्य गरिदिन भन्दै श्रीमानले आग्रह गरेका छन् । सामान्य झगडा पश्चात् घर छाडेकी दुई बच्चाकी आमा घर नफर्किएपछि श्रीमानले खोजी कार्य गरिदिन सम्बन्धित निकायलाई आग्रह गरेका हुन् ।

आश्विन ५ गते देखि  गते देखी जिल्ला कास्की पोखरा महानगरपालिका  वडा नं.२१ कृष्ती बस्ने वर्ष २४ की राधा कुँवर घरबाट कोही कसैलाई जानकारी नगराई हिँडेकी हुनका श्रीमान् दीपेन्द्र कुँवरले जानकारी दिए ।

कुँवरले हालसम्म घरमा फर्की नआएकी, आफन्त, स्टमित्र समेतको सम्पर्कमा नआएकी हुँदा खोजतलास गरी पाउँ भनी जिल्ला प्रहरी कार्यालय कास्कीमा समेत निवेदन दिएको भए पनि अझैसम्म अत्तोपत्तो नलागेको जनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले हुलिया सार्वजनिक गर्दै  कहीँ कतै देख्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन  अनुरोध गरेको छ ।

श्रीमानका अनुसार  गहुँगोरी, मझौला शरीर उचाइ ४ फिट ५ इन्च, कालो कपाल , हराएको बखत कालो पाइन्ट र सेतो टिसर्ट लगाएको बुझिएको छ 

 विशेष चिन्ह :क रूपमा  देब्रे हातमा काटेको खत रहेको बताइएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom