Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अर्जुनचौपारी पोखरा सहकारी संस्था लिमिटेडको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डा.भवानी शङ्कर पौडेल - Brighter Khabar


पोखरा , आश्विन २८ गते । अर्जुनचौपारी पोखरा सहकारी संस्था लिमिटेडको पाँचौँ साधारण सभा तथा  दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष हेमनारायण चापागाईँको अध्यक्षतामा पोखरा बिरौटा स्थित ग्यालेक्सी पार्टी प्यालेसमा समापन्न अधिवेशनले नयाँ कार्य समिति चयन गरेको हो  ।

कार्यक्रम  पोखरा १७ का वडा अध्यक्ष राधिका शाहीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । 

अधिवेशनले डा भवानी शङ्कर पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ । 

त्यस्तै नयाँ निर्वाचित उपाध्यक्षमा अम्बिका घिमिरे,सचिवमा गोविन्द सापकोटा कोषाध्यक्षमा विजय कुमार खड्का क्षेत्री रहेका छन्  । 

साथै सदस्यहरूमा कमल अर्याल, दुर्गा गिरी , हिमा पौडेल चापागाईँ , इन्दिरा आचार्य, कृष्णबहादुर के सी , प्रेम लाल लम्साल र क्याप्टेन धन प्रसाद गुरुङ सर्वसम्मत रूपमा चयन भएका छन् । 

त्यसै गरी संस्थाको लेखा सुपरिवेक्षकको संयोजकमा रामचन्द्र पौडेल , सदस्यमा सञ्जीव राज खनाल र महेश पौडेल चयन भएका छन् । 

संस्थाले ज्येष्ठ नागरिक सम्मान तथा राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्ने शेयर सदस्यका छोराछोरी र अभिभावकलाई सम्मान गर्नुका साथै संस्थाबाट सबैभन्दा बढी कारोबार गर्ने शेयर सदस्यलाई समेत सम्मान गरेको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom