Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बजार अनुगमनमा भेटियो कैफितै कैफियत -Brighter Khabar


कात्तिक ४,  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको आर्थिक वर्ष २०८०/८१ को चाडपर्वलक्षित बजार अनुगमनमा ९८ प्रतिशतमा केही न केही कैफियत भेटिएको छ ।  विभागको नेतृत्वमा गएको असोज १ गतेदेखि असोज ३० गतेसम्म सुरु भएको चाडपर्वलक्षित संयुक्त बजार अनुुगमनका क्रममा अधिकांशमा कैफियत भेटिएको हो । विभागका अनुसार गएको असोज १ गतेदेखि २२ गतेसम्म ७५७ वटा व्यवसायी फर्मको अनुगमन भएकोमा ११ वटाबाहेक अन्यमा केही न केही कैफियत भेटिएको छ । 


विभागले यस अवधिमा अनुगमन गरेकामध्ये २०१ वटा व्यवसायी फर्मलाई न्यूनतम पाँच हजारदेखि तीन लाख रुपियाँसम्म जरिबाना गरी ६७ लाख ७२ हजार रुपियाँ राजस्व सङ्कलन भएको जनाएको छ । यस्तै सो अवधिमा उपभोग्य म्याद सकिएका सामान बिक्री गरेका २४ वटा व्यवसायी फर्मबाट एक करोड बढीको सामान नष्ट गरेको विभागका महानिर्देशक तीर्र्थराज चिलवालले जानकारी दिनुुभयो । 


उहाँका अनुसार यस अवधिमा अनुगमन गरिएका व्यवसायी फर्ममध्ये ३२७ वटा व्यवसायी फर्मलाई आवश्यक सुधारका लागि निर्देशन दिइएको छ भने २०३ वटा व्यवसायी फर्मलाई व्यवसायी दर्ता नवीकरणको निर्देशन, स्पष्टीकरण तथा बयानका लागि आवश्यक कागजातसहित विभागमा उपस्थिति हुन निर्देशन दिएको छ । 


 विभागका अनुसार सो अवधिमा ७५७ वटा व्यवसायी फर्मको अनुुगमन भएकोमा ११ वटा व्यवसायी फर्म सामान्य अवस्थामा रहेकाले नियममा रहेर व्यापार गरेको भन्दै धन्यवाद दिइएको छ । 


विभागका महानिर्देशक चिलवालले विभागले दैनिक उपभोग्य वस्तु, तरकारी तथा फलफूल, मासु पसल, औषधी, मिठाई पसल तथा होटललगायत क्षेत्रमा विभिन्न २३ वस्तुमा केन्द्रित गरेर अनुगमन गर्दा तोकिएभन्दा चर्को मूल्यमा बिक्रीवितरण भइरहेको, न्यून गुणस्तर, लेभल नभएका वस्तु बिक्री गरेको, कृत्रिम अभाव सिर्जना गरेको लगायतका समस्या देखिएको जानकारी दिनुभयो । 


अहिले विभागले पछिल्ला दिनमा औसत ३० वटा व्यावसायिक फर्ममा अनुगमन गरिरहेको छ । दसैँतिहारलगायत चाडबाडका बेला उपभोक्ता बढी ठगिने र बजारमा बढी समस्या देखिने भएकाले अनुगमनको सङ्ख्या बढाउन लागिएको चिलवालले जानकारी दिनुुभयो ।  

Top Post Ad

post bottom ads

Ads Bottom