Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

श्राद्ध गर्दागर्दै सेती नदीबाट बेपत्ता भएका स्याङ्जाका सिग्देल अझै भेटिएनन् - Brighter Khabar


पोखरा -  पोखरा स्थित सेती नदीमा श्राद्ध गर्न गएका स्याङ्जा हरिनास - ३ का कृष्ण सिग्देल बेपत्ता भएका छन् । 

आफ्ना पितृको तिथि पारेर नदीमा श्राद्ध गर्न गएका सिग्देल नदीको  बिच भाग बाट हराएको र अहिले सम्म फेला नपरेको कास्की प्रहरीले जनाएको छ ।

पोखरा गाई घाटस्थित सेती नदीको बिच  भागमा पुगेर नमस्कार गर्दै गरेका सिग्देल त्यत्तिकै हराएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार सिग्देललाई नदीको  बिच भागमा नजान अनुरोध गरिए पनि  उक्त कुरालाई बेवास्ता गरी उनी झन् अगाडी बढेको र त्यतिकैमा बेपत्ता भएको बताइएको छ । 

नदीको बिच भागबाट आकाश तर्फ फर्केर नमस्कार गरेका सिग्देलको अझै सम्म पनि अत्तोपत्तो लागेको छैन ।

उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom