Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

श्रोत खुल्न नसकेको ११ लाख रकमसहित एक जना पक्राउ - Brighter Khabar


कात्तिक १४, सप्तरी प्रहरीले श्रोत खुल्न नसकेको झन्डै ११ लाख रकमसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ३ बस्ने ३९ वर्षीय जयप्रकाश यादव रहेको प्रहरीले जानकारी दिएको छ ।


आइतबार राति ९ बजेको समयमा मधेश प्रदेश २–०१–००१ प ०७०८ नम्बरको मोटरसाईकलमा सवार यादवलाई छिन्नमस्ता गाउँपालिका वडा नम्बर ३ स्थित विष्णुपुर–सखडा नहर सडक खण्डबाट पक्राउ गरिएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी ढुन्डीराज न्यौपानेले जानकारी दिनुभयो ।


विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा यादवले मोटरसाईकलको सिट कभर भित्र लुकाई छिपाई राखेको अवस्थामा श्रोत नखुलेको नेपाली रकम रु. १० लाख ९८ हजार बरामद भएको प्रवक्ता न्यौपानेले बताउनुभयो ।


रकम र मोटरसाइकलसहित यादवलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानाकारी दिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom