Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छापा - Brighter Khabar


कात्तिक १२, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।  

निर्माण आयोजनामा  विमानस्थल निर्माणमा कमसल काम र सामग्री प्रयोग गरेको उजुरी परेपछि अख्तियारको प्राविधिकसहित उच्चस्तरीय टोली पोखरा पुगेर छापा मारेको हो ।

अख्तियारका अनुसार  विमानस्थल निर्माणमा गुणस्तरहीन काम भएको र कमिसन लिएको भन्दै २० वटाभन्दा धेरै उजुरी परेको थियो । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गएको जनवरीमा उद्घाटन भएर सञ्चालनमा आइसकेको छ । तर अहिलेसम्म सम्झौताअनुसारको काम सकिएको छैन ।

अख्तियारले विमानस्थल निर्माण आयोजनामा काम गर्ने कर्मचारीको बैंक खाता समेत  रोक्का राखेको जनाएको  छ ।

विमानस्थल आयोजनाका प्रमुख विनेश मुनकर्मीले विमानस्थलको कामको गुणस्तरमा कुनै समस्या नरहेको दाबी गरे ।



Top Post Ad

post bottom ads

Ads Bottom