Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै ठगी गर्ने एक जना पक्राउ - Brighter Khabar


कात्तिक ११, आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

विगत केही समयदेखि आफूलाई अख्तियारको कर्मचारी बताएर ठगी कार्यमा संलग्न भरतपुर महानगरपालिका घर भई हाल नेपालगन्ज उपमहानगरपालिका–२० बस्ने मोहन कोइरालालाई बाँके प्रहरीले पक्राउ गरेको हो । 

बाँकेका विभिन्न सरकारी कार्यालय तथा सङ्घसंस्थामा पुगेर आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी हुँ भन्दै ठग्ने गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा लागेको छ  ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोली सँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल साथै  सम्पर्क कार्यालय नेपालगञ्जको सहयोगमा कोइराला पक्राउ परेका हुन्  ।

आयोगको कर्मचारी हुँ भन्दै ठग्ने र लाभ लिने गरेको गोप्य सूचना प्रहरीले प्राप्त गरेको थियो ।

बाँके प्रहरीका अनुसार उनी माथि थप अनुसन्धान भइरहेको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom