Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखराबाट लागू औषध सहित मेडिकल सञ्चालक पक्राउ - Brighter Khabar


पोखरा- कास्कीबाट एक जना मेडिकल सञ्चालक लागू औषध सहित पक्राउ परेका छन् । वर्ष २८ को सबिन चौधरीले लागू औषध बेचबिखन गरेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले  पक्राउ गरेको हो । 
सर्लाही ईश्वरपुर न.पा. १ स्थायी घर भएका चौधरीले  हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.६ लेकसाईड डिहिगोपाटनमा जिना मेडिकल हल सञ्चालन गर्दै आइरहेका थिए । 

खानतलासी गर्ने क्रममा   लुकाई छिपाई राखेको लागू औषध डाईजापाम २८ एम्पुल, फेनारागन ३१ एम्पुल, नुर्फिन २९ एम्पुल गरी जम्मा ८८ एम्पुल लागू औषध बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार   निजलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतको आदेशले लागू औषध सम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom