Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ट्राफिक जाँचका क्रममा स्याङ्गजाका एक युवा लागूऔषध सहित पक्राउ, बसका सहचालक पनि प्रहरीको नियन्त्रणमा - Brighter Khabar


 पाल्पामा लागूऔषतसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको फेटा गाउँपालिका वडा नं.२ घर भई हाल कास्कीको पोखरा महानगरपालिका वडा नं ४ मा बस्दै आएका २५ वर्षीय सोहन हुसेन र स्याङ्जाको पुतलिबजार न.पा. ५ घर भई हाल पोखरा महानगरपालिका वडा नं२ २ बस्दै आएका ३१ वर्षीय किसोर विश्वकर्मा रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठका अनुसार शुक्रबार सिद्धार्थ राजमार्गको बतुङ्ग राम्दी सडक खण्ड अन्तरगत बगानासकाली गाउँपालिका वडा नं. ५ राम्दीमा चेकजाँच गर्ने क्रममा सुनौलीबाट बाग्लुङ हुँदै बेनीतर्फ जाँदै गरेको यात्रु बाहक बसमा लागूऔषतसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

चेकजाँचको क्रममा सोहन हुसेनले हातमा समातेको जेब्रा झोलाभित्र प्लाष्टिकमा पोको पारी राखेको अवस्थामा लागूऔषध डाईजेपाम १२१ एम्पुल, फेनारगन १२४ एम्पुल, आइपिपिएल १२१ एम्पुल फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै अनुसन्धानको क्रममा बसका सह चालकसमेत रहेका किसोर वि.क.को समेत लागुऔषध ओसारप्रसारमा संलग्नता रहेको पुष्टि भएपछि दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरले जनाएको छ । जिन दुवै जनालाई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको पाल्पा प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom