Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मणिपाल शिक्षण अस्पताल तोडफोड गर्ने २ जना कारागार चलान - Brighter Khabar

पोखरा, आश्विन २६ गते । पोखरा स्थित मणिपाल शिक्षण अस्पताल तोडफोड गर्ने २ जना कारागार चलान भएका छन् । कास्की पोखरा १७ हनुमान टोलका छावा भन्ने सुशील कार्की र पोखरा म.न.पा. वडा नं. ५ मालेपाटनका विनय गुरुङलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

त्यस्तै जिल्ला कास्की पो.म.न.पा.-०४ का सञ्जय पीडित भनिने सुजित मुल्मी , जिल्ला कास्की पो.म.न.पा-०५ मालेपाटनका अभिनाश गुरुङ र अभिनाश गुरुङ , पोखरा महानगरपालिका .०५ प्रस्याङका अरुण गुरुङ , पोखरा महानगरपालिका ९  नयाँबजारका नितेश गुरुङ, पोखरा ९ नागढुङ्गाका विवेक गुरुङ, पोखरा २० भलामका मनिष थापा र पोखरा ११ फूलबारीका प्रदीप गुरुङ जनही १ लाख (रु.१,००,०००।-) धरौटी राखी तारेखमा छुटेको जिल्ला  प्रहरी कार्यालय कास्कीले  जनाएको छ  ।

लमजुङ सुन्दर बजार न.पा. वडा नं. ६ बस्ने वर्ष ५७ की सुक माया दुराको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा  ज्यान गएको थियो ।

श्वास प्रश्वास तथा ढाड दुख्ने समस्या सम्बन्धी बिरामी भएपछि उनलाई  उपचारको लागि  आफन्तले  मणिपाल शिक्षण अस्पताल ल्याइएका थिए  ।

दुराको  उपचारमा डाक्टरको लापरबाहीको कारण मृत्यु भएको र मृत्युको कारण खुलाउनु पर्ने माग राखी आन्दोलित भई उपचारमा संलग्न चिकित्सकलाई कुटपिट गरेको तथा मणिपाल शिक्षण अस्पताल तोडफोड गरेको आरोपमा  प्रहरीले ९ जनालाई पक्राउ गरेको थियो  । 

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले सोही घटनामा संलग्न  ९ जना प्रतिवादीहरूलाई पक्राउ गरी स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ अन्तर्गत हातपात, तालाबन्दी तथा तोडफोड जस्ता कार्य गर्न नहुने कसुरमा अनुसन्धान प्रक्रिया अगाडी बढाई सरकारी वकिल कार्यालय मार्फत अदालत पेस गरेको थियो ।

त्यस्तै  पहिचान खुलेका १० जना र पहिचान नखुलेका अन्य व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom