Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कास्कीमा दसैँ अवधिभर ३ सय ५६ सवारी चालक मापसे कारबाहीमा, यो अवधिमा दुर्घटनामा परी एक जनाको ज्यान गयो-Brighter Khabar


पोखरा , कात्तिक ११ ।  दसैँ अवधिभर कास्कीमा ३५६ सवारी साधन मापसेमा परेको खबर छ  ।  
जिल्ला ट्राफिक कार्यालय कास्कीका अनुसार दसैँको अवधिमा ३५६ सवारी कारबाहीमा परेका हुन्  । 

प्रहरीका अनुसार  कारबाहीमा पर्नेमा बढी जसो दुई पाङ्ग्रे सवारी रहेका छन् । 

त्यस्तै यो अवधिमा सवारी दुर्घटनाबाट एक जनाको ज्यान गएको छ । कात्तिक ८ गते  रातिको समयमा बेगनासबाट पोखरा तर्फ आउँदै गरेको ग १८ प २५३७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा अभिषेक बजगाईँको ज्यान गएको हो । शिसुवामा  मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उनको ज्यान गएको थियो 

त्यसै गरी प्रहरीका अनुसार बढी भाडा लिने जम्मा २ वटा सवारी साधन कारबाहीमा परेका छन् । 

Top Post Ad

post bottom ads

Ads Bottom