Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पहिरोले जेसिबी पुरिँदा एक जनाको ज्यान गयो - Brighter Khabar


आश्विन २२  गते । पहिरोले जेसिबीसहित पुरिँदा एक जनाको ज्यान गएको  छ । 

मृत्यु हुनेमा दाङको शान्तिनगर गाउँपालिका–१ का ३० वर्षीय धनवीर खड्का रहेको प्रहरीले जनाएको छ । 

उहाँको उपचारको क्रममा सोमबार बिहान ३ बजे मृत्यु भएको तानसेनस्थित मिसन अस्पतालले जनाएको छ । 

आइतबार बेलुकी ६ बजेतिर जिल्लाको रामपुर–१०, टोक्सेमा सडक मर्मत गर्ने क्रममा माथिबाट खसेको पहिरोले बा २ क १९५७ नम्बरको जेसिबीलाई पुरेको थियो । 

पहिरोले जेसिबीसँगै मृतक खड्का समेत पुरिनुभएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । पहिरोले पुरिएर घाइते हुनुभएका खड्कालाई उपचारका लागि तानसेन ल्याइएको थियो । 

Top Post Ad

post bottom ads

Ads Bottom