Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

निगमले फिर्ता लियो पेट्रोलियम पदार्थमा बढाएको मूल्य - Brighter


आश्विन १४ , नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको बढाएको मूल्य फिर्ता लिने भएको छ । 

स्वचालित प्रणाली भन्दै मूल्य बढाएको निगमले एकाएक मूल्य फिर्ता हुने सूचना जारी गरेको हो ।

"मूल्यवृद्धि गर्ने निर्णय आजै राति १२:०० बजेबाट लागू हुने गरी फिर्ता गरिएको व्यहोरा जानकारी गराइन्छ ।" निगमले भनेको छ ।

स्वचालित मूल्य प्रणाली यथावत् हुने गरी हाल भएको मूल्य बृद्धिलाई मूल्य स्थिरिकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गरिने समेत निगमले जनाएको छ ।

गएको राति  १२ बजेदेखि निगमले मुल्य बढाएको थियो ।  

 यो सँगै आज राति १२:०० बजेबाट लागू हुने गरी बढेको मूल्य  फिर्ता भएको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom