Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

एसिसी यू १९प्रिमियर कपको उपाधी नेपाललाई - Brighter


कात्तिक ७ गते । नेपालले एसिसी यू १९प्रिमियर कपको उपाधी जितेको छ । 

मलेसियाको बायोमास ओभलमा आज भएको खेलमा यूएईलाई डकवर्थ लेविस नियमका आधारमा १९ रनले पराजित गर्दै नेपालले कप चुमेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ८० रन बनाएको थियो । 

जवाफी ब्याटिङमा उत्रिएको यूएईले ११ ओभरमा दुई विकेटको क्षतिमा ५० रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो ।

वर्षा रोकिएपछि डकवर्थ लेविस नियमका आधारमा यूएईले २७ ओभरमा एक सय ९८ रनको लक्ष्य प्राप्त गरेको थियो । 

तर यूएई २६ दशमलव पाँच ओभर एक सय ७८ रन बनाउँदा अलआउट भयो । 

नेपालका लागि देव खनालले सर्वाधिक एकसय रनको महत्वपूर्ण योगदान दिनुभयो । 

उहाँले ९२ बल खेल्दै ९ चौका र ३ छक्का प्रहार गर्नुभयो । त्यस्तै उत्तम थापा मगरले ५७ रन जोडनुभयो भने अर्जुन कुमालले ५५ रन बनाउनुभयो । 

अर्जुन र देवले तेस्रो विकेटका लागि एक सय २५ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए । 

दीपक डुम्रेले २८ रन बनाउनुभयो भने दीपेश कँडेलले १०, दीपक बोहराले पाँच, हेमन्त धामीले सात तथा विशाल विक्रम केसी तीन रनमा आउट हुनुभयो । 

यूएईका लागि हरित सेठ्ठीले पाँच विकेट लिएका थिए भने कप्तान आयन खानले दुई विकेट लिनुभयो । 

Top Post Ad

post bottom ads

Ads Bottom