Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

यात्रुबस दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, १४ घाइते - Update


असोज २० गते । सल्यानमा यात्रुबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुरबाट सल्यान झिम्पेतर्फ जाँदैगरेको ना ६ ख ५४६३ नम्बरको बस आज दिउँसो कपुरकोट गाउँपालिका –३ स्थित मुलपानी नजिकै दुर्घटनामा परेको हो । 


जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका –६ की ३१ वर्षीया सुमित्रा सुनार र सल्यानको त्रिवेणी गाउँपालिका –६ की ४० वर्षीया अनिता बोहराको मुत्यु भएको बताउनुभयो ।


वसमा  सवार यात्रुमध्ये १४ जना घाइते भएका छन् । दुर्घटनामा चालकसहित ५ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई थप उपचारका लागि दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको छ । 


Top Post Ad

post bottom ads

Ads Bottom