Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अवतरणका क्रममा सन्तुलन नमिलाउँदा मनाङ एयरको हेलिकप्टर दुर्घटना - Update

 

असोज २७ गते । अवतरणका क्रममा सन्तुलन मिलाउन पाइलटले कमजोरी गर्दा मनाङ एयरको हेलिकप्टर खुम्बु पासाङ ल्हामु गाउँपालिका– लबुचेमा शनिवार बिहान दुर्घटना भएको छ ।


खुम्बुमा बिरामी ल्याउन उडेको हेलिकप्टर लबुचेमा अवतरण गर्ने क्रममा पाइलटले कमजोरी गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । शनिवार बिहानको मौसम सफा भए पनि हेलिकप्टर पाइलटले कमजोरी गरेको स्थानीय होटेल सञ्चालकहरूले समेत बताएका छन् । 


दुर्घटना बिहान करिब ८ बजे भएको प्रहरी चौकी लुक्लाका प्रमुख डम्बर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हेलिकप्टरमा पाइलट पिके सेढाइ थिए । उहाँलाई सामान्य घाइते भएको र अर्को हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौँ ल्याइएको छ । 


गत असार २६ गते सोलुखुम्बुमै मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा ६ जनाले ज्यान गुमाएका थिए भने दुई महिना नबित्दै फेरी यसै कम्पनीको अर्को दुर्घटना भएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom