Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

प्रेम सम्बन्धका कारण सर्राफको हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान - Update


कात्तिक १४, बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको प्रेम सम्बन्धका कारण हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा लागेको  छ । 

यसअघि  गत साउन २८ गते कलैयाको एक होटलमा सर्राफको हत्याको प्रयास गरिए पनि त्यति बेला उहाँ बाँच्न सफल भएको पक्राउ परेकाहरूले प्रहरीसमक्ष बयान दिएको अनुसन्धानमा खटिएका एक प्रहरीले जानकारी दिए ।

घटनामा संलग्न एक युवतीसहित तीन नेपाली र तीन भारतीयलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ  । सो घटनामा अन्य थप दुईजनाको पनि संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ ।  

अहिले दस जनालाई नियन्त्रणमा लिएर घटनाको बारेमा सुक्षमरुपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कलैयास्थित मदर्शा टोलमा दुईवटा नेपाली मोटरसाइकलमा आएका चारजना अज्ञात व्यक्तिले तीन राउण्ड गोली  सर्राफलाई हानेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिनुभयो । 

गोली लागेर सख्त घाइते सर्राफलाई कलैया प्रादेशिक अस्पताल उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पतालमा लगिएको र उपचारका क्रममा  ज्यान गएको थियो । 

सर्राफको मङ्गलबार हिन्दु परम्पराअनुसार दाह संस्कार गरिएको छ ।  पसहा खोलमा उहाँको अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom