Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्प पुगेका प्रहरी सहायक निरीक्षकको मृत्यु - Brighter Khabar

 


पोखरा, कात्तिक १५  ।  लेक लागेर अन्नपूर्ण बेसक्याम्पबाट  हेलिकप्टरमा पोखरामा ल्याइएका  प्रहरी सहायक निरीक्षक टिकाराम ढुङ्गानाको ज्यान गएको छ  । 

हिँडेर फर्किँदै गर्दा   हिमालय भन्ने ठाउँमा गए राति बास बसेका ढुङ्गानालाई बिहान श्वासप्रश्वासमा समस्या भएपछि पोखरा ल्याइएको थियो  ।  ल्याउनेबित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए । 

 संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका थिए ।

पर्वत निवासी ढुङ्गाना घान्द्रुकमा कार्यरत रहेका थिए ।  ढुङ्गाना गुटरेसको सुरक्षाका लागि १२ कात्तिकमा हेलिकप्टरमा अन्नपूर्ण आधार शिविरमा पुगेका थिए ।

Top Post Ad

post bottom ads

Ads Bottom