Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नेपालमा सामाजिक सञ्जालहरू अनिवार्य रूपमा सूचीकृत हुनुपर्ने, निःशुल्क प्रमाणपत्र प्राप्त गर्न सकिने - Brighter Khabar


कात्तिक २४ गते । नेपालमा  फेसबुक, एक्स, युट्युब, टिकटक, इन्स्टाग्राम, लिङ्कडी, स्न्यापच्याटलगायतका सामाजिक सञ्जालहरू अनिवार्य रूपमा सूचीकृत हुनुपर्ने भएको छ ।

नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक सञ्जाल कम्पनीहरू सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेको सामाजिक सञ्जाल व्यवस्थापन एकाइमा अनिवार्य रूपमा सूचीकृत हुनुपर्ने भएको हो ।  

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले मन्त्रीपरिषद् विधेयक समितिबाट पेस भएको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० परिमार्जनसहित स्वीकृत गरेसँगै यस्तो नियम लागु हुने भएको हो  । यसका लागि  तीन महिनाको अवधि दिइएको बताइएको  छ ।

निर्देशिकामा सामाजिक सञ्जालको प्रयोग गर्दा के कुरामा ध्यान दिने वा के गर्न पाइँदैन भन्ने कुरा उल्लेख गरिएको छ। सामाजिक सञ्जाल प्रयोगकर्ता, सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालकको के काम र कर्तव्य हुन्छ भन्ने कुरा उक्त निर्देशिकामा बताइएको छ ।

अराजकता बढेको गुनासा दिनानुदिन बढ्दै जान थालेपछि निर्देशिकामा प्रमुख रूपमा स्वनियमनको प्रावधान राखिएको छ ।

 सामाजिक सञ्जाल प्रयोगकर्ताको आचारसंहिताका रूपमा गर्न नहुने क्रियाकलाप समावेश गरिएको प्रावधानमा बेनामे वा छद्म भेषी पहिचान (फेक आइडी) सिर्जना गर्न, बेनामे वा छद्म भेषी पहिचान (फेक आइडी) मार्फत विषयवस्तु (कन्टेन्ट) उत्पादन गरी सेयर गर्ने  वा अरूको विषयवस्तु (कन्टेन्ट) सेयर गर्ने वा टिप्पणी (कमेन्ट) गर्न नहुने कुराको उल्लेख गरिएको छ  ।

सञ्चार मन्त्रालयमा एउटा सामाजिक सञ्जाल व्यवस्थापन निकाय रहने र सामाजिक सञ्जालसँग सम्बन्धित सञ्चार मन्त्रालयका निकायहरूमा एउटा सम्पर्क व्यक्ति रहने र  उक्त  एकाइले सामाजिक सञ्जाललाई सूचीकरण गर्नुका साथै समाजमा जागरण, शिक्षा, सचेतनालगायतका विषयलाई प्राथमिकता दिनेछ  ।

एकाइमा  अनलाइन विवरण बुझाएर सूचीकरणको प्रमाणपत्र निःशुल्क  पाउन सकिने छ   ।

Top Post Ad

post bottom ads

Ads Bottom