Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

यमपञ्चकको पहिलो दिन आज काग तिहार - Brighter Khabar


कात्तिक २५, यमपञ्चकको पहिलो दिन आज काग तिहार पर्व मनाइँदैछ । काग तिहार कार्तिक कृष्ण त्रयोदशीका दिन पर्दछ । काग तिहारमा कागलाई यमराजको सन्देश वाहकका रुपमा पूजा गरिन्छ ।


काग तिहारका दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ । कागलाई घरआँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ ।


वर्षभरि कागले घरआँगनमा सुखद र प्रगतिशील खबर अनि भाग्यका कुराहरु मात्र ल्याओस भनेर कामना गरिन्छ ।


आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनश्रुति रहीआएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom