Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखराबाट छुटेको माइक्रोले पृथ्वीराज मार्गमा मोटरसाइकललाई ठक्कर दिँदा बाबुको ज्यान गयो छोरा घाइते - Brighter Khabar


कात्तिक २६, तनहुँ  ।  पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।

पोखराबाट दमौलीतर्फ जाँदै  गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशाबाट आउँदै गरेको लु ४६ प ४५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बाबुको मृत्यु भएको हो । 

मोटरसाइकल चालक छोरा भने घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–७ बाँसश्वारा बस्ने ५५ वर्षीय गङ्गाबहादुर बराली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिनुभयो । 

दुर्घटनामा घाइते गङ्गाबहादुरको उपचारका क्रममा गएराति दमौली अस्पतालमा मृत्यु भएको उहाँले बताउनुभयो । 

Top Post Ad

post bottom ads

Ads Bottom