Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

प्रजातन्त्र सेनानी स्व. कृष्णबहादुर जोशीको सम्झनामा साहित्यकार ' बादल ' द्वारा लिखित पुस्तक विमोचन - Brighter khabar


 पोखरा , पर्वत कुस्मा नगरपालिका ४ का स्व कृष्णबहादुर जोशीको सम्झनामा पुस्तक विमोचन सम्पन्न भएको छ  ।


स्व जोशीका भतिज साहित्यकार सुन्दर प्रसाद जोशी (बादल) द्वारा लिखित पुस्तक 'सम्झनामा काका कृष्णबहादुर जोशी ' नामक पुस्तक विमोचन सम्पन्न भएको हो  ।


पोखरामा सम्पन्न भएको कार्यक्रम पोखरा -१५ का नेपाली काङ्ग्रेस वडा समितिका सभापति सुशील राज पराजुलीको अध्यक्षतामा सम्पन्न भएको हो  । 


नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न साहित्यकार सँगै विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।


पुस्तकका सर्जक 'बादलले' आँफुले सृजना गरेको पुस्तकका बारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि शर्मा, विशिष्ट अतिथि नेका केन्द्रीय सदस्य एवं पूर्व संविधान सभा सदस्य अर्जुन प्रसाद जोशी,पुस्तक का सर्जक एवं साहित्यकार 'बादल' , पूर्व प्रतिनिधि सभा सदस्य लालकाजी गुरुङ , बाग्लुङ्ग नगरपालिकाका मेयर वसन्त कुमार श्रेष्ठ , नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारी, विन्ध्यवासिनी संस्कृत क्याम्पस प्रमुख जगन्नाथ रेग्मी लगायतले बोल्नुभएको थियो   ।




त्यस्तै नेका पोखरा १५ का उपसभापति केमबहादुर गुरुङले स्वागत गरेको उक्त कार्यक्रममा  पुस्तकको समीक्षा साहित्यकार इन्द्रमान खत्रीले गर्नुभएको थियो  ।  परिवारको तर्फ साइला छोरा निर्मल कुमार जोशीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।


स्वर्गीय कृष्णबहादुर जोशी  २००७ को सशस्त्र क्रान्ति योद्धा तथा  प्रजातन्त्र सेनानीका रूपमा चिनिनुहुन्छ । 


जोशी  तत्कालीन  बाग्लुङ  सरकारकारका यातायात सप्लाई मन्त्री , स्याङ्जा नुवाकोट नेका सदस्य , तत्कालीन पोखरा नेका सदस्य लगायतका पदमा रहेर काम गर्नुभएको थियो  । 


 उहाँलाई  आध्यात्मिक, शैक्षिक, राजनीतिक तथा सामाजिक व्यक्तित्वका रूपमा समेत चिनिन्छ  ।  उहाँकी ९४ वर्षीय श्रीमती सन्त कुमारी जोसी, ५ भाइ छोरा र  २ छोरी छन्  । 


१६० जना सहभागी कार्यक्रमको सञ्चालन नेपाली काङ्ग्रेस  पोखरा १५ का सचिव प्रितम गुरुङले गर्नुभएको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom