Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सामुदायिक विद्यालयका प्रधानाध्यापक विद्यालयमै शंकास्पद अवस्थामा मृत भेटीएपछी - Brighter Khabar


कात्तिक २०, सिरहामा एक सामुदायिक विद्यालयका प्रधानाध्यापक झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।


गोलबजार नगरपालिका-३ स्थित सरस्वती माध्यमिक विद्यालय – तेतरिया जमदहका प्रधानाध्यापक सञ्जीवकुमार साह विद्यालयमै झुन्डिएको अवस्थामा फेला परेका हुन् ।


मिर्चैया नगरपालिका-६ का बासिन्दा साहको मोटरसाइकल विद्यालयमै भेटिए पनि उनी नभेटिएपछि लामो समयसम्म खोजी भएको थियो । खोजतलास गर्ने क्रममा बिहान ११ बजेतिर विद्यालयको तेस्रो तल्लामा निर्माणाधीन सभा हलमा सलको पासोमा झुन्डिएको अवस्थामा साहलाई भेटिएको प्रहरीले जनाएको छ ।


घटनास्थलमा केही रगतका टाटा देखिएकाले घटना शंकास्पद रहेको आरोप परिवारजनले लगाएका छन् ।

Top Post Ad

post bottom ads

Ads Bottom