Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

केही पैसाबाहेक चोरले चोरेको सबै सामान फिर्ता आएपछि - Brighter Khabar


कात्तिक २४ गते । बाँकेमा अनौठो घटना घटेको छ । केही दिनअघि घर फोडेर लगेको सामान चोरले गएराति घरधनिकै आँगनमा लगेर राखिदिएको छ ।


बाँकेको राप्तीसोनारी गाउँपालिका –९, बागेसालका बुद्धबीर वलीको घरबाट चोरले मङ्गलबार राति घरमा कोही नभएको मौका छोपेर घरको ढोकामा लगाएको ताला तोडेर एक थान तिलहरी र ४५ हजार रुपियाँ नगद चोरेर लगेको थियो । सोही तिलहरी र केही नगद रुपियाँ गएराति घरधनिकै आँगनमा लगेर राखिछाडेको भेटिएको बुद्धबीर वलीका छोरा प्रेम वलीले जानकारी दिनुभयो ।


नगद र तिलहरी चोरी भइसकेपछि प्रहरीकोमा पनि उजुरी दिएको उहाँले जानकारी दिनुभयो । “घरमा भएको तिलहरी र नगद पैसा चोरी भएपछि हामीले प्रहरीकोमा उजुरी निवेदन दिएका थियौं” उहाँले भन्नुभयो, “मङ्गलबार राति चोरी भएको तिलहरी र नगद ४५ हजारमध्ये चोरले गएराति तिलहरी र २३ हजार ३ सय ६० रुपियाँ घरको आँगनमा छोडेर गएछ, बाँकी पैसा पनि फिर्ता गरिदिए हुन्थ्यो ।”


मङ्गलबार राति चोरेर लगेको नगद ४५ हजारमध्ये चोरले २३ हजार ३ सय ६० रुपियाँ वलीको घरको आँगनमा ल्याएर छोडेको छ । चोरले तिलहरी भने फिर्ता गरिदिएको खबर गोरखापत्रमा  छ ।


घरमा तिलहरी र नगद चोरी भएपछि बुद्धबीर वलीले खोजतलासका लागि बुधबार निवेदन दिनुभएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । चोरको खोजतलास तथा अनुसन्धान भइरहको कोहलपुर प्रहरीले जानकारी दिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom