Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आफ्नै बाबु माथि खुर्पा प्रहार गरी भाग्दै गरेका पोखराका रविन मोटरसाइकल सहित समातिए - Brighter Khabar


कात्तिक २९ गते , पोखरा । आफ्नै   बुवालाई खुर्पा प्रहार गरी फरार भएका  रविन क्षेत्री पक्राउ परेका छन्  । 

मङ्गलबार अन्दाजी १२ बजेको समयमा आफ्ना बाबुलाई खुर्पा प्रहार गरी  फरार भएका उनलाई प्रहरीले पाल्पा प्रभासबाट मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो  । 

जिल्ला प्रहरी कार्यालय पाल्पाले जिल्ला पाल्पा स्थित प्रभासमा ग २० प ६०४७ नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिएको जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा  मातहत तथा अन्यत्र जिल्लामा समेतबाट हुलिया, फोटो सहितको खोजतलासको लागि प्रहरी परिचालन गरिएको थियो ।

कास्की पोखरा महानगरपालिका वडा नं.१७ बिरौटा गोधुली संसार पथ बस्ने  ५२ वर्षीय रामु क्षेत्रीलाई उनकै छोरा  २२ वर्षीय  रविनले खुर्पा प्रहर गरी घाइते बनाएका थिए । 

बाबुलाई घाइते बनाई फरार रहेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली खटिई गई निज घाइतेलाई उपचारको लागि चरक मेमोरीयल अस्पतालमा पठाइएको थियो  । 

अस्पतालले रामु क्षेत्रीलाई  ५  बजेको समयमा मृत घोषणा गरेको थियो  । 

पक्राउ परेका रविनलाई  कास्कीमा ल्याई कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom