Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

रुस र युक्रेन युद्धमा परी रुसी सेनामा आवद्ध रहेका तीन जना नेपालीको ज्यान गयो - Brighter Khabar


मङ्सिर १३,  लामो समयदेखि जारी रुस र युक्रेन युद्धमा परी रुसी सेनामा आवद्ध रहेका तीन जना नेपालीको ज्यान गएको  छ ।

रसियन सेनामा भर्ती भएर तालिम गरिरहेका उनीहरुको गत कात्तिक २९ गते नै मृत्यु भए पनि परिवार र आफन्तले मंसिर ११ गते मात्रै मृत्युको खबर पाएको जनाइएको छ । 

 युक्रेससँगको युद्धका क्रममा उनीहरूको ज्यान गएको मस्कोस्थित नेपाली राजदूतावासले जनाएको छ । उनीहरूको गत १५ नोभेम्बर (कात्तिक २९) गते मृत्यु भएको हो ।

नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का र इलामका गंगाराज मोक्तान रहेका छन् । 

दोलखाका रोक्का दुई महिनाअघि मात्र रूसी सेनामा भर्ना भएका थिए । यसअघि नेपाल प्रहरीमा रहेका उनी पेन्सन नभई दुई महिना अघि रुस गएका थिए ।

रुसका लागि नेपाली राजदूत मिलन तुलाधरले नेपाली मारिएको घटनाको रुसी सेनामा खोजी भइरहेको जानकारी दिए । रुस र युक्रेनबीच युद्धका क्रममा केही नेपाली पनि रहेको सूचना बाहिर आइरहेका बेला तीन नेपाली मारिएकै घटना सार्वजनिक भएको खबर राजधानी दैनिकले छापेको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom