Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखराकी ३५ वर्षीय करुणा काफ्ले (लामिछाने) १ महिनादेखि बेपत्ता - Brighter Khabar

 


कात्तिक २१ गते , पोखरा  कास्की पोखरा महानगरपालिका  वडा नम्बर  २२ स्थित  उल्लेरी बस्ने  करुणा काफ्ले (लामिछाने) सम्पर्कविहीन भएकी छिन् ।

घरबाट कसैलाई केही नभनी निस्केकी ३५ वर्षीय  करुणा सम्पर्कमा नआएपछि परिवार चिन्तित बनेको हो ।

उनी आश्विन २४ गतेदेखि परिवारको सम्पर्कमा नरहेको पारिवारिक स्रोतले जनाएको छ ।
हालसम्म घरमा फर्की नआएकी, आफन्त, स्टमित्र समेतको सम्पर्कमा नआएकी हुँदा खोजतलास गरी पाउँ भनी परिवारले प्रहरीमा निवेदन दिएको छ  ।

 गहुँ गोरी, मझौला शरीर र ५ फिट ४ इन्च उचाइ  साथै  कालो  कपाल र  दुवै गालामा हल्का कालो पोतो भएको परिवारले जनाएको छ   ।

Top Post Ad

post bottom ads

Ads Bottom