Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा एक सुनचाँदी पसलको ताला काट्दै गरेको अवस्थामा १ जना पक्राउ - Brighter Khabar

 

पोखरामा एक सुनचाँदी पसलको  ताला काट्दै गरेको अवस्थामा १ जना बालक पक्राउ परेका छन् । 

शनिवार दिउसो एक बजे तिरको समयमा पोखरा म.न.पा. वडा नं.०९ न्यूरोडमा रहेको आर.के. स्याङ्जा ज्वयलर्स तथा सुनचाँदी पसलको सटरको ताला काट्दै गरेको अवस्थामा प्रहरीले १८ वर्षीय बालकलाई पक्राउ गरेको हो ।

१ जना व्यक्तिले पसलको ताला  काट्दै गरेको भन्ने सूचनाको आधारमा सिआरभी  चिप्लेढुङ्गा तथा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले कास्की रुपा गा.पा. वडा नं.६ का उक्त बालकलाई पक्राउ गरेको हो  ।

 बालकलाई ताला काट्दै गरेको अवस्थामा ताला काट्न प्रयोग गरेको २ थान हेक्सा ब्लेड र १ थान काटेको ताला सहित नियन्त्रणमा लिई सम्मानित कास्की जिल्ला अदालतबाट चोरी उद्योग मुद्दामा अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom