सरकारी कार्यालयहरू आजदेखि अपरान्ह ४ बजेसम्म मात्रै खुल्ने भएका छन् ।
सरकारले कार्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयहरू बिहान १० देखि अपरान्ह ४ बजेसम्म मात्रै सञ्चालनको समय तय गरेको हो ।
जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोकेको छ ।
अन्य समयमा भने सरकारले कार्यालय समय ७ घण्टा तोकेको छ अर्थात ५ बजेसम्म नै सेवा दिने गरी कार्यालयहरु खुल्छन् ।