Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सव–इन्जिनियर राई घुस रकमसहित पक्राउ - Brighter Khabar


मङ्सिर १४, जिल्ला काठमाडौं, बूढानीलकण्ठ नगरपालिकामा कार्यरत सव–इन्जिनियर टिकाराज राईलाई घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए वापत सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ गरिएको छ । 


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिई गएको टोलीले निज सव–इन्जिनियर टिकाराज राईलाई सेवाग्राहीबाट ८० हजार रुपियाँ घुस रकम लिइसकेको अवस्थामा रकमसहित पक्राउ गरिएको हो । 


आयोगका प्रवक्ता भोला दाहालका अनुसार राईलाई बूढानीलकण्ठ नगरपालिका वडा नं. ७ बाट आज  नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom