Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गेष्ट हाउसबाट मानवबेचबिखन तथा ओसारपसार कसुरमा दुई जना पक्राउ - Brighter Khabar

 

मङ्सिर १० गते । सप्तरीको राजविराज नगरपालिका-३ स्थित लक्ष्मी गेष्ट हाउसबाट मानवबेचबिखन तथा ओसारपसार कसुरमा दुई जना पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएका प्रहरी टोलीले महिलाहरुलाई विभिन्न प्रलोभन देखाई जबरजस्ती गर्ने गरेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।    

प्रहरी नायव उपरीक्षक ढुण्डिराज न्यौपानेका अनुसार उक्त गेष्ट हाउसका सञ्चालक राजविराज नगरपालिका ६ का ५७ वर्षीय अरुणचन्द्र मिश्र र गेष्ट हाउसका मेनेजर महादेवा गाउँपालिका २ का ४१ वर्षीय राम प्रकाश मण्डललाई पक्राउ गरेकाे हो ।

यस्तै, पक्राउ परेकाहरुको म्याद थप गरी अनुसन्धान भईरहेको न्यौपानेले बताउनुभयो । 

Top Post Ad

post bottom ads

Ads Bottom