Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मोटरसाइकल दुर्घटनामा एकै परिवारको तीन जनाएको मृत्यु - Brighter Khabar


मङ्सिर १४ गते । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा एकै परिवारको तीन जनाएको मृत्यु भएको छ ।


मकवानपुरगढी गाउँपालिका–२ धवाडीपुलस्थित भित्रीसडक खण्डमा बिहीबार दिउँसो सुकौराबाट कान्ति लोकपथतर्फ आउँदैगरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल दुर्घटनामा परी बाबु, आमा र छोरीको मृत्यु भएको हो । 


जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकल चालक मकवानपुरगढी गाउँपालिका–२ कुर्लेपाखाका वर्ष ३५ का भीमबहादुर स्याङतान, मोटरसाइकल पछाडि सवार करिब ३४ वर्षीय रुपा स्याङ्तान र  निजको करिब चार–पाँच महिनाकी छोरी छन् ।


मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले आमा छोरी दुवै जनाको घटनास्थलमा र बाबुको उपचारका लागि भरतपुर लैजानेक्रममा मृत्यु भएको जानकारी दिनुभयो ।


रुपाका पति मकवानपुरगढी गाउँपालिका–२ कुर्लेपाखाका वर्ष ३५ का भीमबहादुर स्याङतानले चलाएको मोटरसाइकल आफै अनियन्त्रित भई पुल छेउबाट करिब १०–१२ मिटर तल खसेर दुर्घटना भएको थियो । 


भीमबहादुरको टाउकोमा चोट लागेर अवस्था गम्भीर भएपछि हेटौँडा अस्पतालमा उपचार  पश्चात् थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएको थियो । 

Top Post Ad

post bottom ads

Ads Bottom