कात्तिक १६, पोखरा - वडा प्रहरी कार्यालय बैदामले प्याराग्लाइडिङ पाइलटहरूको मा.प.से. चेक जाँच साथै उनीहरूको सुरक्षात्मक अन्तरक्रिया कार्यक्रम समेत सञ्चालन गरेको छ ।
प्याराग्लाइडिङ सञ्चालनको क्रममा हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरणको लागी भन्दै वडा प्रहरी कार्यालय बैदामले बिहीबार पोखरामा रहेर प्याराग्लाइडिङ पाइलटहरूको मा.प.से. जाँच गरेको हो ।
चेक जाँच गरिएकोमा कसैले पनि मा.प.से. गरेको नभेटिएको प्रहरीले जनाएको छ ।