Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भ्रामक सूचना र सन्देश प्रवाह नगर्न सबै सञ्चारमाध्यमलाई प्रेस काउन्सिलको आग्रह - Brighter khabar


कात्तिक १९ गते । प्रेस काउन्सिल नेपालले होडबाजी गरी भूकम्पबारे गलत सूचना र सन्देश प्रवाह नगर्न सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ ।


युट्युबलगायतका सामाजिक सञ्जाल र केही अनलाइन सञ्चार माध्यमबाट जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पका बीभत्स दृश्य तथा तस्बिरसहित तथ्यगत पुष्टिबेगर सन्देश प्रवाह भएको पाइएपछि काउन्सिलले सो आग्रह गरेको हो । 


काउन्सिलका सह-प्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा  ‘को पहिला हुने’ होडबाजीमा आधिकारिक तथ्य पुष्टिबेगर मानवीय संवेदनामा खलल पुग्ने र विपत्ति वा शोकमा परेका व्यक्ति वा आफन्तजनमा थप पीडा पुग्नेगरी, मृतक तथा घाइतेको बीभत्स दृश्य र तस्बिर सम्प्रेषण नगर्न, नगराउन भनिएको छ । 


‘मृतक एवम् घाइतेको विवरण प्रस्तुत गर्दा संवेदनशील भई गोपनीयताको सम्मान गर्न आम सञ्चार माध्यम, पत्रकार, सञ्चारकर्मी, युट्युबलगायतका सामाजिक सञ्जाल र यसका प्रयोगकर्तामा प्रेस काउन्सिल नेपाल हार्दिक आग्रह गर्दछ’ विज्ञप्तिमा भनिएको छ । शुक्रबार राति ११ः४७ बजे जाजरकोट रामीडाँडा आसपास केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ म्यागनिच्युडको भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिप्रति काउन्सिलले दुःख व्यक्त गरेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom