Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सेती खोँचमा खसेका एक युवकको उद्धार - Brighter Khabar


पोखरा , कात्तिक १९  पोखरा महानगरपालिका स्थित सेतीको खोँचमा खसेका एक युवकको प्रहरीले उद्धार गरेको छ  । 

शनिवार  रातिको समयमा पोखरा १५ स्थित  सेती नदीको किनारमा  धाँजा फाटेको स्थानबाट खसेका १९ वर्षीय सुदिप विक लाई प्रहरीले उद्धार गरेको हो । 

पोखरा - १५ नयाँगाउ स्थित दाजुको डेरामा बस्दै आएका सुदिपलाइ प्रहरी टोलीले सकुशल उद्धार गरेको जनाएको छ । 

प्रहरीका अनुसार उनको शरीरमा  सामान्य दधारिएको चोट लागेको छ । उनलाई सामान्य  उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पठाएको छ  । 

युवक खसेका खबर प्राप्त गर्नासाथ वडा प्रहरी कार्यालय रामबजारबाट ७ जनाको प्रहरी टोली, गण्डकी प्रदेश प्रहरी गण पोखराबाट ६ जनाको रेस्क्यु टोली र सशस्त्र बल नेपाल नं. २४ गण हे.क. कालिका कास्कीबाट ११ जनाको उद्धार टोली जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १५ नयाँगाउ स्थित सेती नदी को किनारमा पुगेको थियो ।

पछिल्लो समय सेती नदीको वरिपरि  धाँजा फाटेको स्थानहरू धराप बन्दै गइरहेका छन् । 

Top Post Ad

post bottom ads

Ads Bottom