Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सालोले गरे भिनाजुको ह'त्या - Brighter Khabar


कात्तिक २३ गते ।  झापाको बुद्धशान्तिमा बुधवार राति आफ्नै सालोले हतियार प्रहार गरी भिनाजुको हत्या गरेका छन् ।


बुधवार राति  बुद्धशान्ति–५ बस्ने अन्दाजी ३५ वर्षीय रोशन अधिकारी र उनका भिनाजु अन्दाजी ४५ वर्षीय धनबहादुर कट्वालबीच घरायसी विवाद भएको थियो । 


विवादकै क्रममा रोशनले भिनाजु धनबहादुरलाई धारिलो हतियार खुकुरी तथा बाँसले टाउकामा प्रहार गर्दा शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएको जानकारी प्रहरीले दिएको छ । 


उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएकोमा कटवालको उपचारका क्रममा बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रप्रसाद रिजालले बताउनुभयो ।


धारिलो हतियार खुकुरी प्रहार गर्ने रोशनलाई खुकुरीसहित नियन्त्रणमा लिई ईप्रका बुधबारेमा ल्याई राखिएको डिएसपी रिजालले जानकारी दिनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom