Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

टिपर भित्तामा ठोक्किएपछि हाम फाल्दा सोही टिपरले किचेर एक युवतीको ज्यान गयो - Brighter Khabar


कात्तिक २२, पाल्पामा टिपरले किचेर एक युवतीको ज्यान गएको छ 
 ।

पूर्वखोला गाउँपालिका–२, जल्पाकी १९ वर्षीया दिलकुमारी आलेको टिप्परले किचेर ज्यान गएको हो  ।  टिपर ब्रेक फेल भइ भित्तामा ठोक्किने क्रममा टिपरमा बस्नुभएकी मृतक आलेले हाल फाल्दा सोही टिपरले किचेर ज्यान गएको हो 

त्यस्तै  दुर्घटनामा परी तीन जना घाइते भएका छन् ।
दुर्घटनामा परी टिपरमा यात्रा गरेका पूर्वखोला–२, जल्पाका २५ वर्षीया हिमाली आले, मकवानपुर मनोहरी गाउँपालिका–९, का २६ वर्षीय अन्जन सुनार र मकवानपुर हेटौंडा ९ का २४ वर्षीय आशिष सुनार घाइते हुनुभएको छ । 

प्रहरीका अनुसार  बुधबार बिहान ८ः३० बजे निस्दी–७, ज्यामिरेबाट चुनढुङ्गा लिएर नवलपुरको होङ्सी सिमेन्टको कारखानातर्फ गइरहेको लु २ ख ५२९ नम्बरको टिपर ब्रेक फेल भइ दुर्घटना भएको भएको थियो  ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Top Post Ad

post bottom ads

Ads Bottom