Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखराका ३ युवा लागूऔषध सहित पक्राउ - Brighter Khabar


पोखरा-  लागू औषध ब्राउन सुगर सहित पोखरा महानगरपालिकाबाट प्रहरीले  ३ जना लाई पक्राउ गरेको छ  ।

पोखरा महानगर वडा नं.१७ दोभिल्ला बस्ने  २१ बर्षीय  कौशल पुन मगर,  वडा नं.१३ बाँझपाटन बस्ने २१ बर्षीय  प्रशान्त गुरुङ र वडा नं.२१ कस्यार बस्ने  २१ बर्षीय  अनीश सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।

पोखरा महानगर  वडा नं.२१ कश्यारघाटबाट लागू औषध बेचबिखन भई रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोली  उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरूको साथबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ १२ ग्राम ४० मिलिग्राम बरामद भएको छ ।

निजहरूलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी लागू औषध सम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom