पोखरा - पोखरा महानगरपालिका वडा नम्बर ८ स्थित सिर्जनाचोकमा रहेको पानस बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औँ अधिवेशनले महेश्वर रिमालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
त्यसतै अधिवेशनले दुर्गा बहादुर थापालाई उपाध्यक्षमा , डुक प्रसाद काफ्लेलाई सचिवमा , सुजन श्रेष्ठलाई कोषाध्यक्षमा चयन गरेको छ भने विद्या गिरी, दुर्गा गिरी र नेत्र बहादुर खत्रीलाई सदस्यमा चयन गरेको छ ।
त्यसै गरी लेखा संयोजकमा वासु जी.सी. र सदस्य-सन्तबहादुर लामिछाने र गुणाखर अर्याल चयन भएका छन् ।
त्यस्तै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ कास्कीका अध्यक्ष सूर्यप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न भएको साधारण सभामा संस्थाका विभिन्न कर्मचारी एवम् बचतकर्ताहरूलाई सम्मान गरिएको थियो ।
इन्द्रमान चौहानको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा जुन कुमारी पुन , दिव्य देव नकर्मी, डिल्लीराम तिमिल्सिनालाई उत्कृष्ट बचतकर्ताको रूपमा सम्मान गरिएको थियो भने गौश्री पुन ज्येष्ठ बचतकर्ताको रूपमा सम्मान भएका थिए ।
साथै उक्त अवसरमा कर्मचारी विष्णु कुमारी ज्ञवाली र प्रबन्धक धनेन्द्र गुरुङ सँगै कृति लामिछाने, अनुप तिमिल्सिना , अनीश तिमिल्सिना, प्रशान्त राना , प्रीतिका शाही , विमुष पोखरेल,गणेश रिमाल र इच्छा चौहान लगायत सम्मानित भएका थिए ।