Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बैकिङ कसुर मुद्दाका फरार दुई जना पक्राउ - Brighter Khabar

 

कात्तिक १९ गते । बैकिङ कसुर मुद्दाका फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 


काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार अम्बर बहादुर राईको जाहेरीमा बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरको मिति २०७९ चैत १६ गतेको फैसलाले सात दिन कैद र २० लाख रुपियाँ बिगो जरिवाना तोकी फरार रहेका मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं. १८ स्थायी घर भइ हाल काठमाडौं कलंकी बस्ने श्रेष्ठलाई पक्राउ गरिएको छ । 


प्रहरीले उनलाई चाबहिलबाट पक्राउ गरी आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको छ ।


यसैगरी, जितेन्द्र बहादुर गलानको जाहेरीमा बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी राम कुमार जैरु दमाईलाई प्रहरीले पक्राउ गरेको छ । 


प्रहरीका अनुसार उच्च अदालत पाटन ललितपुरको मिति २०७९ चैत १२ गतेको फैसलाले उनलाई एक दिन कैद र बिगो तीन लाख रुपियाँ जरिवाना तोकेको थियो ।  


नुवाकोट विदुर नगरपालिका वडा नं. १३ स्थयी घर भइ हाल ललितपुर महालक्ष्मी नगरपालिका – ८ चागाथली बस्ने ४६ वर्षीय जैरु दमाईलाई ललितपुरबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom