Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अनलाइन ग्याम्बलिङ खेलाउने २६ वर्षीय रेग्मी पक्राउ - Brighter Khabar


मंसिर १२ गते । प्रहरीले अनलाइन ग्याम्बलिङ तथा अनलाइन क्यासिनो खेल खेलाउने काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका – ७ का २६ वर्षीय आकाश रेग्मीलाई पक्राउ गरेको छ । 


काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार अनलाइनमार्फत बाजी राख्न लगाइ सट्टाबाजी गराइ खेल खेलाउने गरेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको छ । 


उनीसहित म्याकबुक प्रो एक थान, राउटर एक थान, आइफोन मोबाइल, हार्ड ड्राइभ, एर युनिट, अमेरिकी डलर एक सय दरको तीन थान र दुई लाख २४ हजार रुपियाँ नेपाली नगद बरामद गरेको प्रहरीले जानकारी दिएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom