Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा भारी मात्रामा पटका, आतसबाजी जस्ता चिजहरू नियन्त्रणमा लिएर नष्ट - Brighter Khabar


पोखरा, २५ गते कात्तिक  । जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न प्रकारका पटका, आतसबाजी जस्ता चिजहरू नियन्त्रणमा लिएर नष्ट गरेको छ । 

प्रहरीले समाजमा आतङ्क मच्चाउने साथै  ध्वनि प्रदूषण गर्ने विभिन्न किसिमका पटका, आतसबाजी तथा लङ्गुर बुर्जा/ खोरखोरेका सामाग्रीहरू नियन्त्रणमा   लिएर शनिवार नष्ट गरेको हो ।

प्याङ्गुईन कोब्रा खुर्सानी बम ७२ प्याकेट, रकेट बम २० प्याकेट,खुर्सानी बम ४७ प्याकेट, चकलेट बम २४ वटा, आलु बम २५ वटा, बुलेट बम ३ प्याकेट, सोली बम ५ वटा, रकेट बम ४ वटा, झिरझिरे ८० प्याकेट, एटम बम  १४ वटा, डबल बम १० वटा, गमला बम १७ वटा, २५ चक्र बम २५ वटा, खुर्सानी बम-९८ सेट (२७४४ पिस), सानो पटका- ६ वटा, ठुलो पटका १२ वटा, चक्री ५० वटा, अनार १० वटा, लसुन १५ वटा नियन्त्रणमा लिएर नष्ट गरिएको प्रहरीले जनाएको छ ।


साथै  विभिन्न स्थानबाट नियन्त्रणमा लिएको लङ्गुर बुर्जा/ खोरखोरेका सामाग्रीहरू ३०५ वटा गोट्टी, बाल्टी, जग, म्याट लगायतका सामाग्री समेत नियन्त्रणमा लिई नष्ट गरिएको प्रहरीले जनाएको छ  ।


जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न समयमा विभिन्न स्थानबाट ती चिजहरू नियन्त्रणमा लिएको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom