Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

क्यानडाका लागि नेपाली राजदूतमा पौड्याल - Brighter khabar

 

संसदीय विशेष सुनुवाइ समितिले परराष्ट्र सचिव भरतराज पौड्याललाई क्यानडाका लागि नेपाली राजदूतमा सर्वसम्मतिले अनुमोदन गरेको छ ।


समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा भएको सुनुवाइपछि सचिव पौड्याललाई उक्त पदमा अनुमोदन गरिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले राससलाई बताउनुभयो ।


त्यसअघि सचिव पौड्यालले आफ्नो कार्ययोजना समितिसमक्ष प्रस्तुत गर्नाका साथै सदस्यहरुका जिज्ञासाको जवाफ दिनुभएको थियो ।


यसैबीच, राजदूतमा अनुमोदन हुनुभएका सचिव पौड्यालले नेपाल सरकारले आफूलाई सुम्पेको जिम्मेवारी इमान्दार र कर्तव्यनिष्ठ भएर पूरा गर्ने बताउनुभयो ।


मन्त्रिपरिषद्को हालैको बैठकले सचिव पौड्याललाई क्यानाडाका लागि राजदूत नियुक्ति गर्न सिफारिस गरेको थियो ।


संसदीय समितिले उहाँलाई अनुमोदन गरेसँगै नेपालको संविधानअनुसार राष्ट्रपतिले उक्त पदमा श्री पौड्याललाई नियुक्त गर्नुहुनेछ । त्यसअघि क्यानाडाबाट पौड्यालको नाममा नेपाल सरकारले सहमति प्राप्त गर्नुपर्नेछ ।

Top Post Ad

post bottom ads

Ads Bottom