Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ट्याङ्करको ठक्करबाट एक किशोरीको मृत्यु - Express


 मंसिर १० गते । नेपालगन्जमा ट्याङ्करको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ । आइतबार बेलुका नेपालगन्जको धम्बोझी चोक नजिक ट्याङ्करको ठक्करबाट १७ वर्षीया एक किशोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।


ना ३ ख ८८५२ नम्बरको ट्याङ्करले भे ११ प ७६५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बस्नुभएकी नेपालगन्ज उपमहानगरपालिका वडा १७ की १७ वर्षीया शालिनी पाठकको मृत्यु भएको सूचना अधिकारी डाँगीले बताउनुभयो ।


ट्याङ्करको ठक्करबाट घाइते हुनुभएकी पाठकलाई उपचारका लागि भेरी अस्पताल लगिएकोमा अस्पताल लगिएपछि चिकित्सकले मृत घोषणा गरेको प्रनाउ डाँगीले जानकारी दिनुभयो ।


मोटरसाइकललाई ठक्कर दिने उक्त ट्याङ्कर र ट्याङ्करका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom