Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जाका दुई युवा लागू औषध सहित पक्राउ - Syangja Update



पोखरा, १५ कात्तिक ।  लागूऔषध सहित स्याङ्जाका दुई युवा पक्राउ परेका छन्  । 

स्याङ्जा आँधिखोला गा.पा. वडा नं.५ स्थायी घर  भएका वर्ष २४ का सुनिल पौडेल लागूऔषध सहित पक्राउ परेका हुन्  ।

प्रहरी टोलीले  वडा नं.१७ बरालफिट भाडामा  बस्ने  पौडेललाई पोखरा  १७ हरियाली टोलबाट पक्राउ गरेको हो । 

शङ्कास्पद अवस्थामा फेला पारी खानतलासी लिने क्रममा निजको साथबाट नाईट्रोभ्याट १० लेखेको ५३ चक्की लागू औषध फेला पारेको प्रहरीले जनाएको छ  । 

त्यस्तै जिल्ला स्याङ्जा वालिङ न.पा. वडा नं.५ स्थायी घर भइ हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.७ माछापुच्छ्रे मार्ग बस्ने वर्ष २३ को किशोर गुरुङ लाई पनि प्रहरीले पक्राउ गरेको छ । 

उनी  बस्ने कोठा खानतलासी गर्ने क्रममा निजको कोठाबाट नाईट्रोभ्याट १० लेखेको १५६ पत्ता (२३४० चक्की) लागू औषध फेला पारेको प्रहरीले जनाएको छ 

मङ्गलवार जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो  

प्रहरीका अनुसार उनीहरुलाई  कास्की जिल्ला अदालतबाट अनुमति लिई लागू औषध सम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom