Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले प्रथम राष्ट्रपति कप तथा शैक्षिक महोत्सव गर्ने - Syangja Update


स्याङ्जा, मङ्सिर ११ गते । अर्जुनचौपारी गाउँपालिकाले शैक्षिक महोत्सव गर्ने भएको छ ।

पालिकाले मङ्सिर १९ देखि २२ गतेसम्म सञ्चालन हुने गरि   प्रथम राष्ट्रपति कप तथा शैक्षिक महोत्सव गर्ने भएको हो ।

गाउँपालिकाका अनुसार खेलतर्फ भलिबल, एथलेटिक्स, सटफुट हाइजम्प, लङजम्प, त्रिपलजम्प, भलिबल लगायतका खेलहरु सञ्चालन  हुने छन्  ।

राष्ट्रपति कपको जिल्लास्तरीय प्रतिस्पर्धामा व्यक्तिगततर्फ प्रथम र द्वितीय तथा भलिबलमा एक टिम सहभागी हुनेछन् ।

त्यस्तै शैक्षिक कार्यक्रम तर्फ हाजिरीजवाफ प्रतियोगिताका साथै चम्चारेस, म्युजिकल चियर, डोरी तान्ने, स्याक रेसलगायतका प्रतिस्पर्धा हुनेछन् ।

पालिका बनेको सातौँ वर्षको अवसरमा गाउँपालिकाको खेल मैदानमा उक्त कार्यक्रमहरु सञ्चालन हुनेछन्  ।

उक्त महोत्सवमा छ माविसहित २८ विद्यालयका ३३० जना विद्यार्थी सहभागी हुने पालिकाले जनाएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom