Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

त्रिभुवन विश्व विद्यालयद्वारा नतिजा प्रकाशन - TU Result


कात्तिक २०, त्रिभुवन विश्व विद्यलयले नतिजा प्रकाशित गरेको सूचना जारी गरेको छ । 

सूचना जारी गर्दै त्रि वि ले भनेको छ : 

"त्रिभूवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७९ साल चैत्र महिनामा सञ्चालित व्यवस्थापन संकायतर्फको स्नातक तह चारवर्ष बी. बी. एस. (4Yrs BBS 4th Year) चौथो वर्ष २०७९ सालको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ ।

त्रि. वि. संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को परिच्छेद ६६ को २६० २६० २७० अनुसार परीक्षाको मर्यादा विपरित कार्य गर्ने परीक्षा क्रमाङ्कहरु ७०००३००७२, ७०००३००७३, ७०३८७०००४, ७०४६००००९र७०४६३०००८ का परीक्षार्थीहरुलाई २०८० सालसम्म २ (दुई) वर्षको लागि त्रि. वि. बाट सञ्चालन हुने कुनै पनि परीक्षामा सम्मिलित हुन नपाउने गरी निष्काशन गरिएको छ ।


उक्त परिक्षाको परीक्षाफल वेभसाईट www.tuexam.edu.np मा हेर्न सकिनेछ भने 4BBS (space) roll number टाइप गरी ३३६२४ मा SMS गरेर पनि जानकारी पाउन सकिनेछ । 


परीक्षाफल सकेसम्म शुद्ध होस् भन्ने उद्देश्य राखि प्रकाशित गरिएको छ तापनि छपाई तथा अन्य कुनै


कारणबाट अशुद्ध देखिएमा यस कार्यालयको अभिलेखबाट सच्चाइने व्यहोरा अवगत गराइन्छ ।"


लब्धाकपत्र : सम्बन्धित क्याम्पसबाट वितरण हुनेछ ।

Top Post Ad

post bottom ads

Ads Bottom